22nd July | 2019 | Monday | 5:23:50 PM

बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

कृष्ण बिष्ट   POSTED ON : पुष २६, २०७५ (१२:२० PM)

बैतडी कारागारमा क्षमता भन्दा दोब्बर कैदी

बैतडी । जिल्ला कारागार बैतडीमा भवन अभाव  हुँदा क्षमता भन्दा दोब्बर कैदी बस्नुपर्ने बाध्यता रहेको छ । २५ जना क्षमताको भवन भएकोमा अहिले ५१ जाना कैदीबन्दिहरु बस्दै आएका छन् । कारागारमा भवन नहुँदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै कैदीहरुले बस्नु पर्ने बाध्यता रहेको जेलर अनिल कुमार तिवारीले जानकारी दिए । 

१५ जना पुरुष र १० जाना महिला गरी २५ क्षमता भएको ४ कोठे कारागार भवन भएपनि ५१ जना कैदीबन्दीहरु बस्न बाध्य छन । यद्यपी महिला कैदीबन्दी नभएको जेलर तिवारीले जानकारी दिए । यसरी एकै कोठामा क्षमता भन्दा बढी कैदीबन्दी बस्नु पर्दा समस्या त हुने नै भयो, सरुवा रोगको संक्रमण बढ्ने गरेको उनको भनाइ छ । 

भवन अभावका कारण कैदीबन्दी र आफुहरुले भोगिरहेको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई अवगत गराएको लामो समय बितिसक्दा पनि कुनै  सुनवाई  नभएको उनको भनाइ छ  । पटक पटक कारागार भवन निर्माणका लागि स्टमेट र डिजाइ बनाएर विभागमा पठाए पनि कर्यान्वयन नभएको उनले  गुनासो गरे ।

जिल्ला कारागारमा भवन अभाव  हुदा आफुलाई पनि कागार  परिसर  भित्र भाडामा कोठा लिएर बस्नु पर्ने बाध्यता रहेको उनकोे भनाइ छ ।  

जिल्ला कारागार बैतडीमा मानब बेच विखन, कर्तब्य ज्यान मुद्धा, जबरजस्ती करणी, सवार ज्यानका ५१ कैदीहरु कारागारमा रहेका छन् । 


Views: 159