22nd January | 2019 | Tuesday | 9:40:50 AM

मगर समुदायले दुई दिन ‘माघे संक्रान्ति’ मनाउने

  POSTED ON : Thursday, 10 January, 2019 (7:30:30 PM)

मगर समुदायले दुई दिन ‘माघे संक्रान्ति’ मनाउने

काठमाडौं । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे संक्रान्ति’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । 

नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे संक्रान्ति मनाउने भएको हो । 

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित सङ्घले चाड मनाउने सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिए । पर्वका अवसरमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी तथा मौलिक मगर खाना तथा पोशाकको प्रदर्शनी गरिने बताइएको छ । रासस


Views: 50