22nd January | 2019 | Tuesday | 10:20:02 AM

निर्मलाको परिवारमा कलह

दुर्गा उपाध्याय   POSTED ON : Friday, 11 January, 2019 (1:48:08 PM)

निर्मलाको परिवारमा कलह

कञ्चनपुर । निर्मला पन्तको परिवारमा कलह बढ्न थालेको छ । निर्मलाकी आमा दुर्गादेवीले सरकारबाट उपलब्ध हुने राहत रकम बुझ्ने प्रतिबद्धता जनाएपछि परिवारमा विवाद चर्किएको हो ।

दुर्गादेवीले राहत बुझ्ने भनेपछि उनका पति यज्ञराज र सौताले असन्तुष्टि जनाउँदै उनीमाथि दुव्र्यवहार गरेका छन् । उनले बुधबार डिएनए परीक्षणका लागि रगत उपलब्ध गराएकी थिइन् । सोही क्रममा उनले आफ्ना दुई छोरीको पढाइ तथा घर खर्चका लागि आर्थिक संकट बढ्दै गएको भन्दै सरकारबाट उपलब्ध राहत रकम लिने इच्छा प्रकट गरेकी थिइन् । बिहीबार बिहान भान्छामा खाना पकाउँदै गरेकी उनलाई यज्ञराजले आफ्नो सहमतिबिना रगतको नमुना दिएकोमा गालीगलौज गरेका छन् । उनले राहत रकम नबुझ्न धम्की दिदै पत्नी दुर्गादेवीलाई हातपातसमेत गरेको छिमेकीले जनाए ।

परिवारको सल्लाहबिना रगतको नमुना संकलन गरेको र निर्मलाकी आमाले राहत रकम बुझ्ने भनेपछि दम्पतीबीच झगडा भएको छिमेकी मञ्जु भट्टले बताइन् । ‘आन्टी (दुर्गादेवी) ले डिएनए परीक्षणका लागि रगतको नमुना दिएर आउनुभएछ’, उनले भनिन्, ‘अनि पत्रकारसँग राहत पनि बुझ्ने भनेपछि त्यही विषयमा कान्छी अन्टी र अंकल (यज्ञराज) आएर किन बुझ्छेस् भन्दै झगडा गर्नुभयो ।’

यता, यज्ञराजले भने आफूहरू निरन्तर धर्नामा बसिरहेकाले श्रीमतीलाई तत्काल राहत रकम नबुझ्न भनेको बताए । ‘हामी दुई महिनादेखि धर्नामा बसेकाले अहिले नै राहत किन बुझ्नु¥यो भन्दै हप्काएको हुँ,’ उनले भने, ‘सरकारले दिएको राहत कहीँ जाँदैन । त्यसैले अहिले नबुझ, न्याय पाएपछि बुझौंला भनेको हुँ ।’

आमामाथि नै आरोप 

छोरीको स्वाबमा भएको डिएनए वास्तविक भए÷नभएको पुष्टि गर्न रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएपछि दुर्गादेवीमाथि नै छोरी मारेको आरोप यज्ञराज र उनकी कान्छी श्रीमती लक्ष्मीले लगाएका छन् । डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुव्र्यवहार गर्दै छोरीको हत्याको आरोप लगाएको दुर्गादेवीले बताइन् । ‘निर्मलाको स्वाबमा भएको डिएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौं,’ उनले भनिन्, ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीनचार दिन जिप्रका गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना दिएँँ ।’

छोरीको हत्या भएको करिब ६ महिना बितिसक्दा पनि न्याय नपाइएको गुनासो गर्दै उनले आर्थिक अवस्था कमजोर भएकाले दुई छोरीको पढाइ, घरखर्चका लागि सरकारी राहत रकमले भरथेग हुनसक्ने बताइन् । ‘एउटी छोरी त मरिहाली, दुईटी छन्, यिनीहरूलाई पढाउनु प¥यो,’ उनले भनिन्, ‘आम्दानीको बाटो छैन, घरखर्च पनि चलाउनै प¥यो, त्यसैले राहत रकम लिन पाए हुन्थ्यो भनेकी हुँ ।’ राहत रकम बुझ्ने निर्णय गर्दा हत्याकोे आरोप खेप्नुपरेको उनको भनाइ छ ।

‘निर्मला मेरी छोरी हो । मैले जन्माएकी हुँ’, उनले रुँदै भनिन् ‘अहिले लोग्ने र सौताबाट त्यही छोरीलाई तैंले मारिस् भन्ने आरोप खेप्नुप¥यो ।’ श्रीमानले डिएनए परीक्षणका लागि रगतको नमुना नदिएकोप्रति उनले शंका व्यक्त गरिन् । ‘हिजो सबैले निर्मलाको स्वाबमा भएको डिएनए सही हो कि होइन भनेर जाँच गर्न माग गरे,’ उनले भनिन् ‘आज मैले त्यसका लागि रगतको नमुना दिँदा किन आरोप खेप्नुप¥यो ? अनि बुवाले किन रगतको नमुना दिन खोज्दैनन् ? यो शंकाको विषय हो ।’ उनले सौतामाथि पनि शंका रहेको जिकिर गरिन् । राहत रकममा हक खोज्नका लागि पति र सौताले चलखेल गर्न थालेको उनको भनाइ छ ।

गत साउन १० गते साथीको घर जान्छु भनेर हिँडेकी निर्मला ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि अझै अपराधी पत्ता लाग्न सकेको छैन । 


Views: 26