25th March | 2019 | Monday | 3:23:40 AM

प्रहरीको गोली लागी रुपन्देहीमा एक जनाको मृत्यु

  POSTED ON : पुष २९, २०७५ (४:५१ AM)

प्रहरीको गोली लागी रुपन्देहीमा एक जनाको मृत्यु

बुटवल । रुपन्देहीको शंकरपुरमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृतक तस्कर समूहको एक सदस्य रहेको दाबी प्रहरीले गरेको छ ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथि जवाफी कारबाही गरिएको प्रहरीको दाबी छ । प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको बुझिएको छ ।

घटना राति करिब १२ बजे तिरको हो ।

मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । उनको सनाखत हुन सकेको छैन ।


Views: 85