23rd August | 2019 | Friday | 3:37:24 PM

सिन्धुली जीप दुर्घटनामा परी ५ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : माघ २४, २०७५ (२:२४ PM)

सिन्धुली जीप दुर्घटनामा परी ५ जनाको मृत्यु

 काठमाडौं । सिन्धुलीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा स्थानीय तिलमाया विक, पुनमान तामाङ, शान्तीमाया श्रेष्ठ, लक्ष्मी विक र अनिता महतको ज्यान गएको हो । 

जीप करिव दुई सय मिटर तल खसेको थियो ।

गम्भीर घाइतेहरुको खुर्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Views: 128