27th May | 2019 | Monday | 4:43:15 AM

देशभर बन्दको प्रभाव – केही ठाउँमा शंकास्पद बस्तु भेटियो

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ३०, २०७५ (९:१९ AM)

देशभर बन्दको प्रभाव – केही ठाउँमा शंकास्पद बस्तु भेटियो

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा आज आब्हान गरेको नेपाल बन्दको  प्रभाव देखिएको छ ।

बन्दको प्रभाव उपत्यकामा त्यति नदेखिएपनि उपत्यका बाहिर भने बन्दको प्रभावले लामो दूरीका सवारी साधन चलेनन् ।

बन्दका कारण उपत्यकाका अधिकांश शैक्षिक संस्था भने बन्द रहेका छन् । पसल तथा बजार खुलेका देखिन्छन् ।   विहान सडकमा यातायातका साधन कम देखिपनि दिउँसोको समयमा प्रसस्तै चलेका छन् । 

नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो ।

कैलालीमा विवाहको एक गाडीमा आगजनी गरिएको छ । बुधबार मध्यरातमा विवाहको ब्यान्डबाजा सवार गाडीमा आगजनी गरिएको र गाडी क्षतिग्रस्त बनेको कैलाली प्रहरी प्रमुख आभुषण तिमल्सिनाले बताए ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले आजको बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । तर देशैभरका सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन । 

बुटवल, भैरहवा, पाल्पा, अर्धाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् । यसैबिच बन्दका क्रममा बुटवलको कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथी शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तु देखिएपछी प्रहरी अनुसन्धान गरिरहेको छ । 

यसैबीच नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा छोटो तथा लामो दूरीका सवारीहरु चल्न सकेका छैनन्। अधिकांस बजार, कलकारखाना, शैक्षिक संस्था बन्द रहेका छन्।

बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साँझै काठमाडौँको अनामनगरमा कुकुर बम राखिएको फेला परेको थियो ।

 बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएको भेटिएको छ ।

डडेल्धुरामा वन्दको आंशिक प्रभाव परेको मिडियकाकर्मी प्रकाश भाटले बताएका छन् । 

    नेपाल बन्दको डडेल्धुरामा आंशीक प्रभाव परेको छ । वन्दका कारण विहिवार विहानै देखी डडेल्धुरा स्थित वस पार्कवाट लामाधे तथा छोटो दुरीका यातायातका सवारी साधन संचालनमा आउन सकेनन् भने विहान छिटपुट रुपमा खुला रहेको वागवजार केही घण्टा पछि पुर्ण रुपमा वन्द भएको थियो । 

   यसैगरी तुफानडाडा,कृतिपुर वजार सहित अन्य ग्रामिण क्षेत्रका वजार भने खुला रहेका थिए । यसैगरी विद्यालय, सरकारी कार्यालय ,वित्तीय संस्था खुला रहेको भएपनि गैर सरकारी संघ संस्था र निजि वित्तिय संस्था भने वन्द रहेका थिए । यसैगरी उद्योगहरु पनि आंशीक रुपमा खुला रहेका थिए ।लामो तथा छोटो दुरीका यातायातका सवारी साधन संचालनमा नआउँदा यात्रुहरु वस पार्कमै अल्पत्र परेका थिए । जिल्ला सदरमुकाम भित्र छिटपुट रुपमा यातायातका सवारी साधन संचालनमा आएका थिए ।

    जिल्लामा हुन सक्ने अप्रिय घटनालाई नियन्त्रण गर्नका नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्टिय अनुसन्धान लाई परिचालन गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए ।

हेटौँडाको पूर्ब–पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको छ ।

उता प्यूठानको स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।सो वस्तु फेला परेको स्थानीयले जानकारी दिएपछि सुरक्षा टोली खटिएको थियो ।

प्युठानकै माण्डवी गाउँपालिका ३, देविस्थान र भिंगृमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।

रुकुम पूर्व सिस्ने गाउँपालिका ५, स्थित रुकुमकोट जिल्ला अदालत नजिक पनि शंकास्पद बस्तु फेला परेको थियो ।

बन्दका कारण पूर्वतिर लामो दूरीका सवारी चलेका छैनन् । प्रदेश १ का १४ जिम्लामा आंशिक प्रभाव परेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । विराटनगरबाट पनि लामा दुरीका सवारी छुटेका छैनन् । विराटनगरबाट धरान, काकरभिट्टा जाने बस बसपार्कमा रोकिएका छन् ।

उदयपुरको कटारी नगरपालिकामा दुईवटा सुतली बम भेटिएको छ । शुक्रबार विहान कटहरी गाउँपालिका– २ देवीधापस्थित शिवम मल्टिपर्स प्रालिको गेट अगाडिको रुखको फेदमा दुईवटा सुतली बम भेटिएको हो ।


Views: 93