24th March | 2019 | Sunday | 8:08:21 AM

महानगरमा धुलो नियन्त्रण गर्न ब्रुमर

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (४:५८ AM)

महानगरमा धुलो नियन्त्रण गर्न ब्रुमर

काठमाडौं । काठमाडौंमा घर बाहिर निस्किने धेरैजसो व्यक्ति मास्कबिना बाहिर निस्किन रुचाउँदैनन् कारण हो अत्यधिक धुलो र धुवाँ । पानी परेको बेलाभन्दा बाहेक धुलो र धुवाँले नजिकको मान्छे देख्न नसक्ने अवस्थामा बन्न पुग्ने महानगरलाई धुलो मुक्त पार्ने उद्देश्यले महानगरपालिकाले ब्रुमर ल्याएको छ । 

अधिकांश सडकको अवस्था उस्तै रहेको भए पनि महानगरपालिकाले लगभग ८ करोडभन्दा धेरैमा ४ वटा ब्रुमर ल्याएको छ इटालीबाट ल्याएको छ । स्थानीय निकायको बेला जाम, धुलो, धुवाँ मुक्त महानगर बनाउने भनिएको भए पनि महानगरको सडकको अवस्था भने जस्ताको तस्तै देखिन्छ । मेलम्ची खानेपानीको पाइप विच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । 

महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको धेरै समय बितिसकेको छ तर चुनावका बेला जनतासामु गरेका धेरै कुरा पूरा हुन सकेकाका छैनन् । दिनप्रतिदिन बढ्दै गएको प्रदूषण कम गर्न र खुला रूपले सास फेर्न सक्ने बनाउन बु्रमर ल्याएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ । पुराना भएर रहेका ब्रुमरलाई अहिले पनि सडक विभागले विभिन्न ठाउँमा प्रयोग गर्दै आएको भएपनि त्यक्ति उपयोगी हुन सकेको छैन । 

बु्रमरले टिपेको फोहोर आफै खस्ने गरेकाले गर्दा पनि पहिलाका बु्रमर उपयोगी हुन नसकेको डंगोल बताउँछन् । लामो समयदेखि नै महानगरपालिकाभित्र बु्रमरको प्रयोग छिटोभन्दा छिटो होस् र सफा वातावरण धुम्न पाइयोस् भन्ने अभिलाषा थुप्रै सर्वसाधारणको रहेको छ । गत २०७४ वैशाखमा नै महानगरपालिकाले इटालीबाट बु्रमर ल्याउने निर्णय गरेको थियो । लगभग १ वर्षपछि महानगरमा ४ वटा बु्रमर आएका छन् । पाँचवटा बु्रमर ल्याउनुपर्ने भए पनि ढुवानीमा समस्या भएको कारण एउटा केही पछि ल्याउने तयारी महानगरको रहेको छ । चीन सरकारले २ वटा बु्रमर दिने भनेको भए पनि आउन सकेको छैन । 

अहिले ल्याएका बु्रमर चलाउन चालकलाई तालिम दिइरहेको र चालकले सक्ने भए पनि बु्रमरको प्रयोग गर्न सुरु गरिने उनको भनाइ छ । एयरपोर्ट, सिनामंगल, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलंकी, टुँडिखेल, सिंहदरबार, दरबारमार्ग, चक्रपथ लगायत मुख्य सडक क्षेत्रका साथै स्वयम्भु, पशुपति, बौद्ध, हनुमानढोका जस्ता ऐतिहासिक सम्पदा क्षेत्रहरूमा सुरुवाती चरणमा सफाइ गर्ने लगाउने महानगरको तयारी रहेको छ । 


Views: 21

सम्बन्धित सामग्री:

एसइई परीक्षा आजदेखि सुरु

: चैत्र १०, २०७५ (२:११ AM)

सय वर्षे जीवन

रमा लुइँटेल : चैत्र ९, २०७५ (७:०० AM)