27th May | 2019 | Monday | 2:48:17 PM

हेटौंडामा बर्डफ्लु

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:०३ AM)

हेटौंडामा बर्डफ्लु

काडमाडौं । मकवानपुरको हेटौंडामा बर्डफ्लु संक्रमण देखापरेको छ । हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीस्थित कुलप्रसाद चौलागाईको कमर्सियल लेयर्स फर्मको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले बर्डफ्लुको नतिजा प्राप्त भएको भन्दै उक्त कुखुरा फर्मको चारकिल्ला किटान गरी रोग नियन्त्रण गर्न कुखुरा, अन्डा र सुलीसमेत निकासी हुन नपाउने गरी नष्ट गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले सूचना जारी गरी उक्त कुखुरा फर्मबाट कुखुरा, अन्डा, सुलीसमेत निकासी हुन नपाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराएका छन् ।


Views: 50