24th March | 2019 | Sunday | 8:08:42 AM

महिना दिनमा महिला हिंसाका १२० घटना

हिमालय टाइम्स   POSTED ON : चैत्र १, २०७५ (५:११ AM)

महिना दिनमा महिला हिंसाका १२० घटना

काठमाडौं । गएको एक महिनामा महिलामाथि हिंसाका १२० वटा घटना भएको एक अध्ययनले देखाएको छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले गएको माघ महिनामा गरेको अध्ययनले यस्तो देखाएको हो । 

जसमध्ये ३५ जना महिलामाथि शारीरिक हिंसा भएको छ भने १७ जना महिला तथा किशोरी मानसिक हिंसामा परेको घटना अध्ययनमा पाइएको छ । यसैगरी २८ जना बलात्कार भएको घटना सार्वजनिक भएको छ भने ११ जना विभिन्न स्रोत सुविधाबाट वञ्चितीकरण भएको घटना सार्वजनिक भएको पाइएको छ ।

यस्तै अध्ययनमा ९ वटा हत्या भएको छ भने ६ वटा देहव्यापारमा परेका घटना सार्वजनिक भएको छ । तीन–तीनजना हत्या प्रयास र बलात्कारको प्रयास भएको पाइएको छ भने छाउपडी २, बेचबिखनको प्रयास १, बेचबिखन १, बेपत्ता २, आत्महत्या १ भएको सार्वजनिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

केन्द्रले माघ महिनाभरि विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारमा महिलामाथि भएको हिंसाको घटनाको अभिलेखीकरण गरेको थियो । केन्द्रले राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रकाशित समाचारलाई आधार बनाएर हरेक महिना जस्तै यस महिना पनि अध्ययन गरेको थियो । 

हिंसा प्रभावित महिलामध्ये १७ देखि २५ वर्ष उमेर समूहका बढी रहेको पनि अध्ययनमा पाइएको छ । यी उमेर समूहका महिला तथा किशोरीमा सबैभन्दा बढी यस्ता घटना भएको अध्ययनमा पाइएको छ । यस्तै २६ देखि ३५ वर्ष उमेर समूहका महिला ३० प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । यस्तै १६ वर्षमुनिका बालिका २२ प्रतिशत, ३६ देखि ४५ वर्षका ९ प्रतिशत, ४५ वर्षदेखि माथिका ३ प्रतिशत महिला हिंसामा परेको अध्ययनले देखाएको छ । हिंसामा परेका महिलामध्ये सबैभन्दा बढी श्रीमान्बाट ३६ प्रतिशत, छिमेकीबाट २५ प्रतिशत परिवारबाट १६ प्रतिशत, अन्य १२ प्रतिशत रहेको तथ्यांक छ । यस्तै अपरिचित व्यक्तिबाट ७ प्रतिशत, शिक्षक र आफूले आत्मीय ठानेका साथीबाट २–२ प्रतिशत रहेको तथ्यांक छ । 


Views: 14

सम्बन्धित सामग्री:

एसइई परीक्षा आजदेखि सुरु

: चैत्र १०, २०७५ (२:११ AM)

सय वर्षे जीवन

रमा लुइँटेल : चैत्र ९, २०७५ (७:०० AM)