22nd July | 2019 | Monday | 5:55:40 PM

नयाँ ऐन आए पनि कार्यान्वयन उस्तै

नयाँ ऐन आए पनि कार्यान्वयन उस्तै

उभपोक्ता अधिकार सुनिश्चि गर्तका लागि २०५४ सालमा सरकारले उपभोक्ता संरक्षण ऐन ल्यायो । उपभोक्ता अधिकारकर्मीकै दबाबमा सरकारले ऐन ल्याएको थियो । उपभोक्ता ऐन आएको २६ वर्ष भएपनि उपभोक्ता अधिकार दिवस मनाउनेबाहेक उपभोक्ताले खासै राहतको अनुभूति महसुस गर्न पाएका छैनन् । त्यसो त संविधानमै उपभोक्ताको हक सुनिश्चित भएको छ । उपभोक्ता संरक्षण ऐन पनि परिमार्जन भएको छ, यो सुखद पक्ष हो तर व्यावहारिकरूपमा उपभोक्ताले अधिकार पाएका छैनन् । 

ऐन कानुनहरूको प्रभावकारी कार्यान्वयन नभएकै कारण यस्तो अवस्था सिर्जना भएको हो । सत्तामा आउने प्रत्येक राजनीतिक पार्टी तथा नेताहरूले व्यावसायिक क्षेत्रबाट चन्दा, दान, दातव्य लिएर चुनाव जित्ने भएकोले पनि उपभोक्ताको हितमा ऐन कानुन कार्यान्वयन हुन नसकेको हो, जसका कारण निरीह उपभोक्ता राज्यबाटै पीडित छन् ।

व्यवसायीले राजनीतिक आड भरोसामा सेवा तथा वस्तुमा मनपरी मूल्य लिने गरेका छन् । वास्तवमा नेपाली उपभोक्ता सरकार र व्यवसायीको दोहोरो पीडामा बाँचेका छन् । तथापि हरेक वर्ष आयोजना हुने विश्व उपभोक्ता अधिकार दिवसलाई भने हामी उपभोक्ताकर्मीले पनि साथ दिँदै आएका छौं । उपभोक्ता दिवसले उपभोक्ता अधिकारका विषयमा सचेतना प्रदान गर्ने भएकाले पनि उपभोक्ताकर्मी यसमा जोडिन पुगेका हुन् ।

Views: 65