27th May | 2019 | Monday | 5:32:25 AM

उपभोक्ता झन् पीडित

उपभोक्ता झन् पीडित

पछिल्लो समय उपभोक्ता अधिकार अझै कमजोर हुँदै गएको छ । कानुनले उपभोक्तालाई अधिकार दिएको भएपनि कार्यान्वयन पक्ष लगभग शून्यजस्तै छ । वास्तवमा उपभोक्तासम्बन्धी ऐन कानुन कालो अक्षरमै सीमित बन्न पुगेको भने पनि हुन्छ । देखाउनका लागि ऐन कानुन बलियो बनाउने तर उपभोक्ता ठग्ने उद्योगी व्यापारीलाई भने छुट दिँदै जाने प्रबृत्ति हाबी हुँदै गएको छ । साँच्चै भन्ने हो भने यहाँ सरकारी अधिकारी र व्यापारीबीच फरकपन नै देखिएन । सरकारले हरेक वर्र्ष विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरेको छ तर उपभोक्ता दिवस औपचारिकतामा मात्रै सीमित हुने गरेको छ, बजेट सक्नकै उपभोक्ता दिवस मनाइने गरिएकोे छ ।


Views: 72