27th May | 2019 | Monday | 4:51:01 AM

सार्वजनिक विदा निर्धारण

हिमालय टाइम्स   POSTED ON : चैत्र २, २०७५ (७:०६ AM)

सार्वजनिक विदा निर्धारण

काठमाडौं । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको सूचीअनुसार दशैं बिदा फूलपातीदेखि एकादशीसम्म (असोज १८–२२) सम्म पाँच दिन हुनेछ । लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन तिहार बिदा हुनेछ ।

राष्ट्रिय रूपमा मनाइने गणतन्त्र दिवस (जेठ १५), निजमती दिवस (भदौ २२), राष्ट्रिय एकता दिवस (पुस २७), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७), जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस (जेठ २१) लाई भने सार्वजनिक विदा हुने छैन । 

पर्व बिदाअन्तर्गत नववर्ष वैशाख १, शिवरात्रि फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा हुनेछ । त्यस्तै सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ । किराँतरराई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वमा विदा हुनेछ । 

छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मंसिर २६, इसाई धर्मावलम्बीहरूको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्रान्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ । महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा बिदा हुनेछ । शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ मा बिदा हुनेछ । 

काठमाडौं उपत्यकामा गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ । 

यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तर्राष्ट्रिय अपांगता दिवस (मंसिर १७) अपांगता भएका सार्वजनिक बिदा हुनेछ । 

जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४), सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा दिइने छ । यसैगरी विदेशस्थित नेपाली नियोगहरूले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्नेछन् । 

निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यालयहरूले सार्वजनिक बिदाका दिनमा समेत काम गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत सट्टा बिदा पाउने छन् ।


Views: 68