24th April | 2019 | Wednesday | 10:13:11 PM

बिहानै भूकम्पको धक्का महसुस

  POSTED ON : बैशाख २, २०७६ (३:४४ AM)

बिहानै भूकम्पको धक्का महसुस

     बाजुरा । बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।


Views: 82

सम्बन्धित सामग्री:

शैक्षिक अभियान

: बैशाख ११, २०७६ (२:०९ PM)