24th April | 2019 | Wednesday | 10:19:47 PM

दुई घर जलेर नष्ट

चिसाङ शेर्पा   POSTED ON : बैशाख २, २०७६ (२:१६ PM)

दुई घर जलेर नष्ट

खोटाङ । खोटाङको खार्मीमा आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको साविक वडा नं. १ स्थित कोछिकामा आगलागी हुंदा स्थानीय भीम बहादुर तामाङ र टंकनाथ तामाङको घर जलेर नष्ट भएको छ ।

सोमबार दिउँसो करीव १ वजेबाट लागेको आगोले तामाङद्धयको फुसको छानो भएको घर पुर्णरुपमा जलेर नष्ट भएको स्थानीय राजन भट्टराईले जानकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । आगोलाई स्थानीयले नियन्त्रणमा लिएको छ । घट्नास्थल तर्फ जालपाबाट प्रहरी खटाई सकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।


Views: 58

सम्बन्धित सामग्री:

शैक्षिक अभियान

: बैशाख ११, २०७६ (२:०९ PM)