25th May | 2019 | Saturday | 3:42:27 AM

धन्य ! ठूलो दुर्घटना भएन

हिमालय टाइम्स   POSTED ON : बैशाख १०, २०७६ (६:०७ AM)

धन्य ! ठूलो दुर्घटना भएन

रामेछाप  । रामेछापको सदरमुकाम मन्थलीस्थित हवाई मैदानमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको तारा एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमबार काठमाडौंबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरको ‘नाइन एन एके के’ कल साइन भएको डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि मन्थली विमानस्थल फर्किएको थियो । मन्थलीमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर पश्चिमतर्फको मैदानमा रोकिएको थियो । 

विमानको ‘हाइड्रोलिक’ ब्रेक नलागेर दुर्घटना भएको जनाइएको छ । विमानको अगाडिको भागमा सामान्य क्षति भएको छ । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल रहेको रामेछाप नागरिक उड्डयन प्राधिकरणका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए । दुर्घटना भएको विमान धावन मार्गकै छेउमा अड्किएकोले रामेछाप विमानस्थलबाट सोमबार दिनभर थप उडान र अवतरण भएन ।


Views: 59

सम्बन्धित सामग्री: