20th July | 2019 | Saturday | 11:37:52 PM

भूकम्पले एकैदिन तेस्रो पटक हल्लियो काठमाडौं

  POSTED ON : बैशाख ११, २०७६ (११:५६ AM)

भूकम्पले एकैदिन तेस्रो पटक हल्लियो काठमाडौं

हिमालय टाइम्स काठमाडौं । राजधानी काठमाडौं भूकम्पका कारण एकैदिन तेस्रो पटक हल्लिएको छ  ।

धादिङको नौबिसेलाई केन्द्रबिन्दु बनाएर बुधवार मात्रै तीन वटा भूकम्प गएका कारण त्यसको कम्पन राजधानी काठमाडौंसम्म अनुभव गर्न सकिएको छ ।

बुधवार दिउँसो ३ बजेर ५ मिनेट जाँदा नौबिसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

आजै बिहान ६ बजेर २९ मिनेटमा ५.२ र ६ बजेर ४१ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो । 

०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजार बढीको ज्यान गएको थियो । 


Views: 137