22nd May | 2019 | Wednesday | 3:29:44 AM

सम्पदा पुनर्निर्माण– अझै थप ८ अर्ब लाग्ने

सरिशा अछामी   POSTED ON : बैशाख १२, २०७६ (११:४५ AM)

सम्पदा पुनर्निर्माण– अझै थप ८ अर्ब लाग्ने

काठमाडौं । भूकम्प गएको ४ वर्ष हुँदा समेत विश्व सम्पदामा परेका पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण अपेक्षा गरे अनुसार अगाडि बढ्न सकेका छैनन् । पुरातत्व विभागले चालू आर्थिक वर्षभित्र भूकम्पले भत्किएका सम्पदामध्ये ५० प्रतिशतको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य अनुसार विभागले काम नै सुरु गर्न सकेको छैन ।

 २०७२ सालको भुकम्पबाट प्रभावित १४ जिल्लाको ७ सय ५३ वटा सम्पदा पुर्णरुपमा क्षतिग्रस्त भएका थिए । जसमा हालको समयसम्म २ सय २४ वटा मात्रै सम्पन भएका छन् भने २ सय २१ वटा सम्पदाको  पुनर्निर्माणकार्य भइरहेको छ । जसमा,३ सय ८ सम्पदा भत्किएकै अवस्थामा छन् । जसमा ४ वर्षको अवधिमा ३०  प्रतिशत मात्रै सम्पदा पुननिर्माण गर्न सफल भएको विभागले जनाएको छ । 

 भुकम्पले प्रभावित १७ जिल्लाको मर्मत गर्नुपर्ने ५ सय ८६ सम्पदाले पनि तीव्र गति लिन सकेको छैन । हाल सम्म सम्पन्न भएका २ सय २४ मध्ये पुरातत्व विभागबाट १ सय ६२,पुशपति क्षेत्रबाट २० र अन्य संघसंस्थाबाट ४२ सम्पदा पुन निर्माण भएको हो । चालु आर्थिक वर्षमा पुननिर्माण भइरहेको २ सय २१ मध्ये पुरातत्वविभाग अन्तर्गत २ सय ५, पशुपति क्षेत्र विकास कोषबाट ८, केभीपिटी ३, स्विस सरकारको सहयोगमा २,चीन सरकारको सहयोगमा १ श्रीलंका सरकारको सहयोगमा २ को निर्माण कार्य भइरहेको विभागले जानकारी दिएको छ । 

सम्पदा पुनर्निमाण सुरुवाती चरणमा तीव्र गतिमा अघि बढेपनि पछिल्ला समय केही सुस्त भएको छ ।  पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन् ‘क्षतिग्रस्त सम्पदामध्यको पुननिर्माणका काम भइरहेको  २ सय २१ को मध्ये ५० भन्दा माथि यही बर्षमा पुरा गर्ने योजना रहेको छ । 

पुरातात्विक र साँस्कृति महत्वका सम्पदालाई पुरानै स्वरुपमा निर्माण गर्नुपर्ने भएकाले पुनःनिर्माणको कार्यक्रमा केही ढिलाइ भएको कुँवरको भनाइ छ । पुराना सम्पदाका झ्याल र ढोकामा पुरानै स्वरुपको बनाउन उपयुक्त व्यक्तिको अभाव छ । व्यक्तिको साथसाथै बालुवा र सिमेन्ट नभई काठबाट बनाउनुपर्ने हुँदा समयमा उपयुक्त काठको अभाव, उपयुक्त डिजाइन बनाउने व्यक्तिको अभावको कारणले काममा ढिला भएको उनी बताउँछन् । 

रानीपोखरी र पशुपति क्षेत्रका केही सम्पदाका सम्बन्धमा विवाद देखिएका कारण पनि उक्त सम्पदा पुननिर्माणमा ढिलाइ भएको कुँवरको भनाइ छ । हालसम्म ३० प्रतिशत काम मात्र सम्पन्न भएपनि २० प्रतिशत काम जारी रहेको छ । अवको २ वर्षको अवधिमा सम्पूर्ण सम्पदाको पुनर्निर्माण भइसक्ने उनको भनाई छ । 

सम्पुर्ण सम्पदा पुनर्निमाणका लागि करिब १२ अर्ब रकम लाग्ने कुवर बताउँछन् । २०७२ ÷७३ देखि २०७५ ÷७६ सम्म ४ अर्व ४६ करोड ७७ लाख ६ हजार बजेट उपलब्ध भएको छ । भने हाल सम्म खर्चविवरण हेर्ने हो भने १ अर्ब ७६ करोड ४४ लाख ६८ हजार  खर्च भइसकेको छ । उनका अनुसार भूकम्पले क्षतिग्रस्त सम्पदाको पुननिर्माणका लागि अझै थप ८ अर्ब लाग्ने अनुमान गरिएको बताउँछन् ।  

उपत्यकाभित्र  मात्रै क्षती भएका सम्पदा

पुरातत्व विभागका अनुसार २०७२ बैशाख १२ को भूकम्पले काठमाडौं जिल्लाभरीमा २ सय १५ सम्पदा क्षति पु¥याएको थियो । जसमध्ये ४१ सम्पदाहरु पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने १ सय ७२ वटा सम्पदा आंशिक रुपमा क्षती भएका थिए ।

यस्तैगरी, ललितपुर जिल्लामा १ सय ४४ सम्पदामा क्षति पु¥याएको थियो । भने ३१ सम्पदा पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए । जसमा १ सय १३ सम्पदामा आंशिक क्षति पुगेको थियो ।

भक्तपुर जिल्ला अन्र्तगत  भुकम्पले ७१ सम्पदामा क्षति पु¥याएको थियो  । जसमध्ये २० वटा सम्पदा पुर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने, ७३ सम्पदामा आंशिक क्षति पु¥याएको थियो । समग्रमा हेदा उपत्यका भित्र ४ सय ३० ओटा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा क्षतिग्रस्त भएका थिए ।

विश्वसम्पदा अन्र्तगत काठमाडौं उपत्यकाभित्र रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका  सम्पदा क्षेत्रमध्ये ७ क्षेत्रमा भूकम्पले क्षति पुराएको थियो । जसमा हनुमानढोका दरबार परिसर, स्वयम्भू क्षेत्र, पशुपति क्षेत्र, बौद्धनाथ क्षेत्र, पाटन दरबार परिसर, भक्तपुर दरवार परिसर र चागुनारायण क्षेत्रमा रहेका १ सय ७३ ओटा सम्पदामा भूकम्पले क्षति पु¥याएको   विभागले जनाएको छ । विश्व सम्पदामा परेका सम्पदाहरुको भने लगभग ८० प्रतिशत पुननिर्माण काम सम्पन्न भइसकेको विभागको प्रवक्त कुँवर बताउँछन् ।  विश्वसम्पदा भित्र  चागुनारायण परिसर,पाटनदरवार परिसर,भक्तपुर दरवार परिसर,हनुमानढोका दरवारको परिसरको पुन निर्माण काम यसै चालु आर्थिक वर्षमा सक्ने योजनाका साथ काम भईरहेको कुवर बताउँछन् । 

 निर्माण कार्य  भइरहेको  २ सय २१ मध्ये विजेश्वरी, शोभा भगवती, बज्रयोगिनी, कंकेश्वर, टुँडालदेवी, दुप्चा कुशेश्वर, गोपालेश्वर, साँखुको कृष्ण मन्दिर सहित ५० भन्दा बढि सम्पदाहरु पुननिर्माण गरिसक्ने लक्ष्यका साथ तीव्र रुपमा काम भइरहेको विभागको भनाइ छ ।

 विशेषगरी कतिपय स्थानमा भने मुर्तिको आकार समेत नचिनिने गरि क्षती भएका कारण मुर्ति पुन बनाउने पर्ने अवस्था भएकाले समय धेरै भन्दा धेरै खपत भइरहेको हो । विवादमा आइपरेका सम्पदाको पुननिर्माणको लागि सरकारले समयमा उचित निर्णय लिन नसकेको कारण पनि पुननिर्माण कार्यमा ढिला भएको  प्रवक्ता कुँवरले गुनासो व्यक्त गरे । 


गुम्बा कति क्षती भएका थिए ?  

८ सय ९५ गुम्बा पुननिर्माण गरिने 

नेपाल २७ सय गुम्बाहरु छन् । जसमा  १३ सय  २० गुम्बाहरु भुकम्पले क्षती पु¥याएको छ । जसमा ८ सय ९५  गुम्बा पुननिर्माण र बाँकी गुम्बाको मर्मत काम सुरु गर्न लागिएको भूकम्पीय गुम्बा पुननिर्माण शाखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरीले बताए   । 

उनका अनुसार भु्कम्प गएको लामो समय वितिसक्दा पनि गुम्बा पुननिर्माणका काम गर्न सकिएन ।  बैद्ध धर्मको प्रतिक रहेकोे गुम्बाहरु भुकम्पले क्षती पुराएको थियो । २०७५÷ ७६ मा मात्र सरकारले गुम्बा पुननिर्माणका  लागि ५ अर्ब ८८ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । 

उनि भन्छन् गुम्बाको सर्वेक्षण गरेर निर्माण काम थालिएको हो । सरकारले बजेट दिनको लागि ढिलाई गरेका कारण गुम्बा पुननिर्माणको काम ढिला भएको हो । भुकम्पले प्रभावित पारेका जिल्लामा गुम्बा पुननिर्माणको काम पहिलो प्रथामिकतामा राखिएको छ । भुकम्प प्रभावित ३१ जिल्ला मध्ये सिन्धुपाल्चोकमा बढि गुम्बा रहेको र बढि क्षती भएको छ । 

सिन्धुपाल्चोकमा  साना ठुला गरि२७०  गुम्बा छ । जसमा १९३ गुम्बा भुकम्पले क्षती पु¥याएको छ । क्षती पुराएका गुम्बाहरु मध्ये १६२ गुम्बा पुननिर्माण गरिने बाँकी गुम्बा मर्मत गर्ने योजना बनाईएको छ । 

प्रदेश अनुसार हेर्ने हो भन,े प्रदेश ३ मा सबै भन्दा बढि गुम्बा छन् । जसमा १५ सय ५९ गुम्बा छन् । प्रदेश १ मा, ३ सय ८८,प्रदेश २ मा, ११० प्रदेश ४ मा, २९३, प्रदेश ५ मा ५८, प्रदेश ६ मा ३५  र ७ मा भने ५५ गुम्बा  रहेको बताउँछन् ।

जसमा भुकम्पले प्रभाव पारेको र भुकम्पले क्षती पु¥याएका गुम्बामात्र पुननिर्माण गर्न थालिएको हो । साना गुम्बा निर्माणको लागि कम्तीमा ६० लाख लागत लाग्ने र दुई हजार स्वायर फिट भन्दा अग्ला  गुम्बाको लागि करिब  ८ करोड लागत लाग्ने अनुमान  रहको उनि बताउँछन्   । 

गुम्बा निर्माण गर्दा पुरातात्विक बोकेका गुम्बाहरु पुरानै डिजाईनमा बनाउने र बाँकी गुम्बा भने नयाँ डिजाईनमा पुननिर्माण गर्न लागिएको हो । डिजाईन बनाउने काम पुरा भईसकेको  चौधरीले जानकारी दिए । पुननिर्माणका लागि २६५ गुम्बा जिल्ला आयोजना कार्यान्वय इकाई केन्द्रिय आयोजना कार्यलयलाई दिने र बाँकी स्थानीय तहलाई बजेट सहित पुननिर्माणको काम सुम्पिने उनले बताए । 

आगमी आर्थिक वर्ष २०७६ ÷७७ मा ७५ प्रतिशत काम पुरा भई ७७ ÷८८ मा २५ प्रतिशत पुननिर्माणको काम पुरा गरी लगभग ३ वर्षको हारहारीमा गुम्बा निर्माणको काम सक्काउने योजना रहेका छ । ५÷७ बटा गुम्बाहरु निर्माण भइरसकेको छ ।  निर्माण काम पुरा भएका केही गुम्बा भने गुम्बाको समितिका सदस्यहरु आफैले सहयोग संकलन गरि  पुन निर्माण गरिएको हो । अथवा कुनै पनि संस्थागत रुपमा सहयोग पाएर पुननिर्माणका काम भएका हुन सक्ने उनको भनाई छ ।  सरकारले बजेट दिन ढिला गरेकै कारण गुम्बाको पुननिर्माण कार्यमा ढिला भएको बताए ।  




Views: 86