25th May | 2019 | Saturday | 3:28:51 AM

२० महिना भित्र पुनर्निर्माण सकिन्छ : प्रधानमन्त्री ओली

  POSTED ON : बैशाख १२, २०७६ (१२:०० PM)

 २० महिना भित्र पुनर्निर्माण सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताएका छन् ।

 गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

 प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताए । “अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न आग्रह गरे । “भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन । ”

 प्रधानमन्त्री ओलीले नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने बताए । “नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ ” प्रधानमन्त्री ओलीले भने ।

 प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेकोत्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर,बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षण गरे । प्रधानमन्त्री ओली बसन्तपुर दरबार क्षेत्रमा शिव मन्दिरको पनि उद्घाटन गरे । प्रधानमन्त्री ओलीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई यस क्षेत्रका पुनर्निर्माण गर्दा मौलिकता जोगाउन समेत निर्देशन दिए ।

 

 


Views: 86

सम्बन्धित सामग्री: