22nd May | 2019 | Wednesday | 2:17:59 AM

रेडक्रसको पुनर्लाभ गतिविधि उत्साहजनक

  POSTED ON : बैशाख १२, २०७६ (२:१० PM)

रेडक्रसको पुनर्लाभ गतिविधि उत्साहजनक

हिमालय टाइम्स । भुकम्प प्रतिकार्यको काममा रेडक्रसको पुनर्लाभ प्रगति उत्साहजनक भएको विवरण सार्वजनिक भएको छ ।

२०७२ को भूकम्पको ४ वर्षको सम्झनामा आज बैशाख १२ गते नेपाल रेडक्रस सोसाइटीले एक कार्यक्रम गर्दै भुकम्प प्रतिकार्यको प्रगति विवरण सार्वजनिक गरेको छ । रेडक्रसले भविश्यको लागि अझ राम्रो गर्न पूर्वतयारीको लागि सवैमा अनुरोध गरेको छ । 

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले रेडक्रसको सहयोगमा प्रभावित क्षेत्रका ६ हजार १ सय ५३ जनाको निजी घर निर्माण सम्पन्न भएको, ७८ हजार ७ सय मानिसहरुलाई खानेपानी सहयोग गरिएको, एउटा अस्पताल र ३७ स्वास्थ्य चौकीको निर्माण वा मर्मतकार्य सम्पन्न गरिएको लगायतको विवरण प्रस्तुत गरे । 

रेडक्रसको केन्द्रीय कार्यालयमा आयोजित भुकम्पको सम्झना कार्यक्रममा फोटो एल्बम सार्वजनिक गर्दै नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले भने “२०७२ को भुकम्पपछि नेपालले व्यहोरेको ठूलो क्षति पश्चात राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जगतबाट नेरेसोले गरेकोे भूकम्प प्रतिकार्यको ज्यादै सह्राना भएको छ । समुदायले पनि उत्तिकै अपनत्व लिएका छन् । हाम्रो काम राष्ट्रिय अन्तर्रा्ष्ट्रिय स्तरमा उदारहण नै बनेको छ ।” 

सो अवसरमा पुननिर्माणलाई आधार बनाई विभिन्न प्रतिभाहरु प्रस्तुत पनि गरिएको सोसाइटीका सञ्चार निर्देशक दिव्य राज पौडेलले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीले भुकम्प प्रभावितको सहयोगको लागि गरेको काम र यसका भुकम्प प्रतिकार्य गतिविधिमा सहयोग गर्ने सवैपक्षलाई नेरेसोका महामन्त्री देवरत्न धाख्वा र रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किमले धन्यवाद दिनुभयो । रेडक्रसको अन्तर्रा्ष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाके, साझेदार सोसाइटीहरुको तर्फबाट क्यानडियन रेडक्रसका रिचार्ड म्याकवेले रेडक्रसका स्वयंसेवक र कर्मचारीको अथक मेहनतले प्रतिकार्य कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गरे । 


प्रगति उत्साहजनक :

ठूला विपदहरु पश्चात विश्वका विभिन्न स्थानमा भएका प्रतिकार्यका कामहरु हुदैआएको सन्दर्भमा नेपालमा प्राप्त उपलव्धि उत्साहजनक भएको तथ्याँकहरुले प्रमाणित गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताएका थिए ।   

प्रभावित क्षेत्रका ५ हजार ७ सय ३८ जनाको निजी घर निर्माण सम्पन्न भएको छ । यो रेडक्रसले जिम्मा लिएको लक्ष्यको तुलनामा ८५ प्रतिशत प्रगति हो ।  ७ हजार ३ सय परिवारलाई घर बनाउन सहयोगार्र्थ दुई अर्व ३ करोड नगद सहयोग नै लाभग्राहीलाई प्रत्यक्ष उपलव्ध  गरिएको छ । यस अघि आपत्कालीन आवास र मौसमी सहयोग स्वरुप पनि रकम लाभान्वितलाई नगदै वितरण गरिएको थियो । 

७८ हजार ७ सय २६ जना लाभान्वित हुने गरी २८० खानेपानी आयोजना सम्पन्न भएका छन् र  २ हजार १५ वटा खानेपानीका धारा निर्माण भएका छन् । ९ हजार ८२ घरमा शौचालय निर्माण भई ९५ प्रतिशत प्रगति भएको छ । स्वास्थ्य तर्फ एक जिल्ला अस्पताल, २५ स्वास्थ्य चौकी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । १२ वटा स्वास्थ्य चौकी मर्मत गरिएको छ । सफ्टवेयर तर्फ सवैकामहरु सम्पन्न भएका छन् । 

३३ हजार ३ सय ६० परिवारलाई जीविकोपार्जनको लागि जम्मा ६१ करोड रुपैँया नगदै सहयोग गरिएको छ । यसैगरी १२ लक्ष्य मध्ये ११ वटा विद्यालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको,  २३ हजार ८ सय ६० परिवारले जीविकोपार्जन सीप हासिल गरेका छन् र ती मध्ये ४ हजार २ सय २२ परिवारलाई पशु गोठ निर्माणमा सहयोग गरीएको छ । १८ हजार ८ सय ९६ पशुहरुको वीमा सहयोग र ८५ वटा साना सिँचाई कुलोहरु निर्माण गरिएको छ । 


Views: 138