22nd May | 2019 | Wednesday | 3:37:25 AM

अंगीकृतका सन्तानलाई बंशजको नागरिकता नदिन सर्वोच्चको अर्को आदेश

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (१०:३८ AM)

अंगीकृतका सन्तानलाई बंशजको नागरिकता नदिन सर्वोच्चको अर्को आदेश

 काठमाडौँ । अंगीकृत नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता नदिन सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ ।

 सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले ती नागरिकताको विवाद नटुंगिएसम्म ती नागरिकतावाहकका सन्तानलाई वंशज नागरिकता जारी नगर्न आदेश दिएको हो।

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्ने कार्य नरोक्नू भनि आदेश दिएको थियो । 

तर, सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै शुक्रबार त्यस आदेशविपरीत अर्को आदेश आएको छ ।


Views: 713