25th May | 2019 | Saturday | 3:12:54 AM

शताब्दी पुरुष सत्यमोहनलाई नगर परिक्रमा

  POSTED ON : बैशाख ३०, २०७६ (१२:४३ PM)

शताब्दी पुरुष सत्यमोहनलाई नगर परिक्रमा

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार (वैशाख ३० गते) ९९ वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गरे ।

ललितपुर महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत चिनाउन महŒवपूर्ण योगदान गरेका जोशीको महानगरले वैशाख ३० देखि विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउँदै छ ।

सोमबार जोशीको रथारोहणसहितको ¥याली मंगलबजारबाट सुरु भयो । लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरियो । यस अवसरमा ललितपुर महानगरपालिका, यसअन्तर्गतका सबै वडा कार्यालयहरू, महानगरभित्रका शैक्षिक संघसंस्था (कक्षा १२ सम्म) लगायतलाई महानगरपालिकाले बिदा दिएको थियो। 

संस्कृतिविद् जोशी १०० वर्ष पुगेको अवसर पारेर सोमबार बिहान उनकै निवासमा आफन्तजनहरूले सुस्वास्थ्य र दीर्घायूको कामना गरे ।

सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो। 




 


Views: 95

सम्बन्धित सामग्री: