24th August | 2019 | Saturday | 12:18:54 AM

दुई पर्वतारोहीको मृत्यु–एक सम्पर्कविहिन

  POSTED ON : जेठ २, २०७६ (३:५१ PM)

दुई पर्वतारोहीको मृत्यु–एक सम्पर्कविहिन

हिमालय टाइम्स काठमाडौं । कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्क्विहीन भएको पर्यटन विभागले जनाएको छ।

विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्।

आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ।


Views: 72