25th May | 2019 | Saturday | 2:44:06 AM

किशोरी मृत फेला, कोठामा युवकको नागरिकता भेटियो

कृष्ण बिष्ट   POSTED ON : जेठ २, २०७६ (१२:५४ PM)

किशोरी मृत फेला, कोठामा युवकको नागरिकता भेटियो

बैतडी । बैतडीको मेलौली नगरपालिकामा एक युवतीको शव झुन्डीएको अवस्थामा फेला परेको छ । वडा नं ७ बतालीकि १८ वर्षीय साबित्री चन्दको घर नजिकै रुखमा आज बिहान झुन्डीएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

अनुसन्धानको क्रममा चन्दको कोठामा सोहि नगरपालिका वडा नं १ का प्रशान्त क्षेत्रीको नागरिकता, पर्स सहित १० हजार नगत फेला परेको प्रहरीले जनाएको छ । क्षेत्रीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी नेत्रमणी गिरीले जानकारी दिए ।

शव परीक्षणको लागि केसरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ । 


Views: 39

सम्बन्धित सामग्री: