19th September | 2019 | Thursday | 8:49:26 PM

१० महिनामा ७७ पैदल यात्रुको मृत्यु

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७६ (१२:०० PM)

१० महिनामा ७७ पैदल यात्रुको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा कति पैदल यात्रुको ज्यान जान्छ ? काठमाडौं उपत्यकाभित्र मात्र पछिल्लो १० महिनामा ७७ जना पैदल यात्रुले ज्यान गुमाउनुपरेको छ ।  ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार दुर्घटना कम नहुनुको एक मुख्य कारण सडकमा सवारीसाधनको चाप अत्यधिक हुनु हो । काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटरमा सवारहरू रहने गरेका छन् । बितेका तीन आर्थिक वर्षमा दुई पांग्रे सवारीसाधन धेरै थपिएका छन् । आर्थिक वर्ष ०७२÷७३ मा दुई लाख ६७ हजार ४३९,  ०७३÷७४ मा ३ लाख ५४ हजार ७१ र ०७४÷७५ मा तीन लाख ४१ हजार ६२३ मोटरसाइकल तथा स्कुटर यातायात व्यवस्था विभागमा दर्ता भएका छन् । 

सवारीसाधन थपिने तर सडक व्यवस्थापन कमजोर हुँदा दुर्घटना बढ्ने गरेको छ । महाशाखाको तथ्यांकअनुसार उपत्यकाभित्र मात्र चालू वर्षको पछिल्लो १० मा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेर ९६ जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये चालक कति र पछाडि बस्ने कति भन्ने महाशाखाले नछुट्याएको सापकोटा बताउँछन् । ज्यान गुमाउनेमा पैदल यात्रु पनि हुने गरेका छन् ।

ट्राफिक नियममा कडाइ गरे पनि उपत्यकाभित्र दुर्घटनाको अवस्था डरलाग्दो छ । काठमाडौं उपत्यकामा चार वर्षमा ६ हजार ९८२ दुर्घटनामा ७११ जनाको मृत्यु भएको छ । गम्भीर घाइते हुने २५१ जना छन् । महाशाखाको तथ्यांकअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा चालू वर्षको वैशाखसम्मको तथ्यांकमा २६ हजार ४०९ जना पुरुष र १०९ जना महिला कारबाहीमा परेका छन् । 


Views: 74

सम्बन्धित सामग्री:

नेता रावल कार्यक्रममा नाच्दै

: आश्विन २, २०७६ (५:०७ PM)