19th August | 2019 | Monday | 9:08:50 PM

ट्रक दुर्घटनाका मृतक सबैको सनाखत

  POSTED ON : जेठ १०, २०७६ (१:१० PM)

ट्रक दुर्घटनाका मृतक सबैको सनाखत

दैलेख । सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताए । 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताए । 

सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ । सेतो गाडी कालो देखिएको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । प्रत्यक्षदर्शी प्रहरी ठगीराम शर्माले जानकारी दिए । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् । 


Views: 121

सम्बन्धित सामग्री:

घुस लिएको आरोपमा पक्राउ

: भदौ २, २०७६ (३:३१ PM)