27th June | 2019 | Thursday | 3:36:10 AM

सबैलाई शुद्ध खानेपानी पु¥याउँछौं : मन्त्री मगर

  POSTED ON : जेठ १२, २०७६ (२:५२ PM)

सबैलाई शुद्ध खानेपानी पु¥याउँछौं : मन्त्री मगर

भजनी । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पु¥याउने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छन् । 

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताइन् । 

“प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो”, उनले भनिन् । मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको मन्त्री मगरले भनिन् । खानेपानी घरघरमा पु¥याउन उपभोक्ता र विभिन्न सङ्घसंस्थामार्फत सरकार लागिपरेको उनको भनाइ थियो । 

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शुद्ध खानेपानी पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार भएको बताए । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खानेपानी ढल निकाससँग पनि जोडिएकाले ढल निकासका लागि काम गर्नुपर्नेमा जोड दिउए ।


Views: 82