19th September | 2019 | Thursday | 8:29:02 PM

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मन्त्रालयका उपसचिव पक्राउ

  POSTED ON : जेठ २८, २०७६ (४:५९ PM)

छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मन्त्रालयका उपसचिव पक्राउ

ललितपुर । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।

प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई पक्राउ गरेको हो । 

पीडितको परिचय खुल्ने भएकाले आरोपीको नाम भने प्रहरीले गोप्य राखेको छ । १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

घटनाबारे आमालाई पनि थाहा भएको तर, परिवार भित्रको कुरा बाहिर ल्याउँदा परिवारकै बेइजत हुने डरले बाहिर नल्याएको रहेछ । तर, पटक पटक सचेत गराउँदा पनि बाबु नसुध्रिएपछि जाहेरी दिइएको पीडितको भनाइ छ ।

घरमा कोही नभएको मौकामा बाबुले  छोरीलाई जबरजस्ती करणी गर्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् छिन् ।


Views: 152

सम्बन्धित सामग्री:

नेता रावल कार्यक्रममा नाच्दै

: आश्विन २, २०७६ (५:०७ PM)