27th June | 2019 | Thursday | 4:29:56 PM

सप्तरीका सञ्चारकर्मीहरुको जनकपुरमा धर्ना

अनिल पोखरेल   POSTED ON : जेठ २९, २०७६ (१:०१ PM)

सप्तरीका सञ्चारकर्मीहरुको जनकपुरमा धर्ना

सप्तरी राजविराज । स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको भन्दै सप्तरीका एक दर्जनबढी सञ्चारकर्मीहरुले बुधवार जनकपुरस्थित हुलाक कार्यालयमा धर्ना दिएका छन् ।

पत्र–पत्रिकालाई प्रदान गरिएको लोक कल्याणकारी विज्ञापन वापतको रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको धर्नाका सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी गराएका छन् ।

उनले प्रदेश र संघ सरकारकासाथै लोकतान्त्रिक परिपाटीको धरोहर मान्ने नेतृत्व वर्ग, मधेशका ठुला नेताहरु लगायत आफूहरुको विषयमा गम्भीर हुन आग्रह समेत गरेका छन्  । 

आफूहरुको मागको सुनुवाई नभए मुख्यमन्त्री  कार्यालयमा धर्ना दिने उनीहरुले  चेतावनी दिए ।


Views: 50