19th September | 2019 | Thursday | 9:01:35 PM

टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

  POSTED ON : जेठ २९, २०७६ (४:५४ PM)

टिपरको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

सुर्खेत। टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ । 

रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक थिए । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहेका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । 

मोटरसाइकलमा सवार उनलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।


Views: 67

सम्बन्धित सामग्री:

नेता रावल कार्यक्रममा नाच्दै

: आश्विन २, २०७६ (५:०७ PM)