27th June | 2019 | Thursday | 5:08:49 PM

भविष्य सुनिश्चित गर्न शिक्षा महत्वपुर्ण पाटो : राजदुत तान्सकुल

चिसाङ शेर्पा   POSTED ON : जेठ २९, २०७६ (२:३३ PM)

भविष्य सुनिश्चित गर्न शिक्षा महत्वपुर्ण पाटो  : राजदुत तान्सकुल

खोटाङ । थाई राजदुत भाकवत तान्सकुलले शिक्षा महत्वपुर्ण पाटो भएको बताएका छन् । शिक्षाले नेपाली बच्चाहरुलाई कुन भविष्यतर्फ लैजाने भन्ने दिशा निर्देशन गर्ने र बच्चाहरुको भविष्य सुनिश्चित गर्ने भएकाले शिक्षा सबैभन्दा महत्वपुर्ण पाटो भएको बताए ।

बुधबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा अवस्थित सावित्रा मावि परिसरमा सो माविका लागि थाइ दाता माष्टर वान्चाउ रोउ एरि र रोयल थाइ मोनास्ट्रीको ४५ लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न चारकोठे पक्की भवनको उद्घाटन गर्दै राजदुत तान्सकुलले विधालय उदघाटनजस्तो पवित्र कार्यमा आफू सहभागी हुन पाएकोमा अत्यन्तै खुशी प्रकट गरे ।  लुम्बिनीमा अवस्थित रोयल थाइ मोनास्ट्री विधालयको आर्थिक सहयोगमा सन् १९९२ देखी निरन्तर रुपमा शिक्षा सेवामा सहयोग गरिरहेको बताउँदै सावित्रा मावि जस्तै नेपालका अन्य विधालयहरुलाई पनि सहयोग गर्ने इच्छा प्रकट गरे ।

करीव पाँच मिनेट सम्बोधन गरेका  राजदुत तान्सकुलले रोयल थाइ मोनास्ट्री विधालयमार्फत हालसम्म झण्डै सात सय ५० जना भन्दा बढी नेपाली महिला विधार्थीहरुलाई शिक्षा दिइरहेको उल्लेख गरे । थाइ सरकारले विभिन्न क्षेत्रमा छात्राबृत्ति तथा अन्य सहयोग गरेर पनि नेपाललाई सहयोग पु¥याईरहेको समेत स्मरण गराए । सन २०१९ नोभेम्बर मा नेपाल र थाइल्याण्ड दुई देश विचको द्धैत्य सम्बन्ध पूरा हुने भएकाले नेपाल र थाइल्याण्डबिचको संमृद्ध सम्बन्धलाई बलियो र दिगो बनाउनमा आतुर भएको बताए ।



Views: 104