20th September | 2019 | Friday | 8:49:49 AM

विज्ञापन विवाद – सर्वोच्चले आयोगसहित विपक्षीलाई छलफलमा बोलायो

हिमालय टाइम्स   POSTED ON : जेठ २९, २०७६ (६:४२ PM)

विज्ञापन विवाद – सर्वोच्चले आयोगसहित विपक्षीलाई छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले स्नानीय तहका लागि खोलिएको लोक सेवा आयोगको विज्ञापनका विषयमा छलफल गर्न आयोगसहित विपक्षीलाई बोलाएको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आगामी असार ३ गते छलफलमा उपस्थित हुन आदेश दिएको हो ।

सोमबार लोक सेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई दिइएको रिटमा सम्बन्धित पक्षलाई सर्वोच्चले छलफलका लागि बोलाएको हो ।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिइसकेको छ । 

सोमबार बसेको समितिको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावनाअनुरूप नदेखिएको ठहर गर्दै तत्काल रद्द गर्न तथा गराउन लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

लोक सेवा आयोगले स्थानीय तहका रिक्त पदमा कर्मचारी भर्नाका लागि जेठ १५ गते विज्ञापन प्रकाशित गरी आवेदन आहृवान गरेको थियो । 

अप्राविधिक, प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि नौ हजार १ सय ६१ सिटको लागि विज्ञापन खोलिएको छ ।


Views: 146

सम्बन्धित सामग्री:

नेता रावल कार्यक्रममा नाच्दै

: आश्विन २, २०७६ (५:०७ PM)