20th July | 2019 | Saturday | 8:57:59 AM

बझाङ जीप दुर्घटना – ज्यान गुमाएका ९ मध्ये ८ जनाको सनाखत

सत्यराज सिंह   POSTED ON : असार २, २०७६ (३:०८ PM)

बझाङ जीप दुर्घटना – ज्यान गुमाएका ९ मध्ये ८ जनाको सनाखत

बझाङ । बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका ९ जना मध्ये ८ को सनाखत भएको छ । 

जिल्ला सदरमुकाम चैनपुरको डुङग्रीबाट मष्टा जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठी भन्ने स्थानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ४ जना गम्भीर घाईते भएका थिए । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाउँपालिका वडा नम्बर १ का कलक बहादुर खड्का, उनका एक छोरा, सोही ठाउँका जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल, चालक सुरेन्द्र थापा र लक्ष्मि द्धाल रहेको वडा प्रहरी कार्यालय चैनपुरका प्रहरी नायव निरिक्षक माहानन्द जोशिले बताए । 

घाईतेहरुको उद्धार नाई एन एकेडी नम्बरको हेलीकप्टर मार्फत भईरहेको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरि नेपालगञ्ज लैजाने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 


जीप भीरमा खसेको र हावाहुरीसंगै पानी परिरहेकाले घाइतेहरूको उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसी सहितको टोली घटना स्थलतर्फ गएको छ ।


Views: 438