10th December | 2019 | Tuesday | 2:23:27 AM

जनजागरण अभियानको योग शिविर सञ्चालन

  POSTED ON : असार ३, २०७६ (३:३६ PM)

जनजागरण अभियानको योग शिविर सञ्चालन

काठमाडौं । नेपाल भारत मैत्री जनजारण अभियानले विश्व योग दिवसको सन्दर्भमा शिविर आयोजना गरेको छ ।

मंगलबार काठमाडौ बानेश्वर (आनन्द इभेन्ट)मा नेपाल भारत मैत्री जनजागरण अभियान अन्तर्गत योग शिविर सञ्चालन भएको थियो । उक्त शिविरलाई नमो बुद्ध ध्याङ गुठी तथा नमो बुद्ध नगरपालिका काभ्रेले सम्युक्त आयोजना गरेका हुन् ।


अन्तर्रा्ष्ट्रिय योग दिवसलाई विश्व योग दिवस पनि भनिन्छ । हरेक जुन २१ का दिन यो दिवस मनाउने गरिन्छ ।

पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । 


संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु हो । 

यसले मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य आदिसँग योगको सम्बन्ध हुन्छ  ।

 यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ ।



Views: 149