10th December | 2019 | Tuesday | 2:38:30 AM

कर्णाली नदीमा जीप खस्यो–सबै यात्रु बेपत्ता

  POSTED ON : असार ३, २०७६ (३:४७ PM)

कर्णाली नदीमा जीप खस्यो–सबै यात्रु बेपत्ता

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नंका.े महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ । 

याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले  आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताए । दुर्घटना क्षेत्रमा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ । गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र  नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिए । 

गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आजै भएको गाडी दुर्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको घटनास्थलमा खटिएका पत्रकार राजन रावतले जानकारी दिए । कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ । 


Views: 169