20th July | 2019 | Saturday | 8:56:52 AM

विदेशी च्यानल प्रसारण बन्द

हिमालय टाइम्स   POSTED ON : असार ९, २०७६ (१२:२१ PM)

विदेशी च्यानल प्रसारण बन्द

काठमाडौं । विदेशी च्यानल २४ घण्टाका लागि बन्द भएका छन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहने बताइएको छ ।  तर विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ ।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन्।

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ । अहिले यो ऐन छलफलका लागि संंसद्मा पुगेको छ । 

नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ ।

कुनैपनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापनरहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिकरुपमा लागू गर्न अप्ठ्यारो हुने महासंघले जनाएको छ ।

भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ ।

टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी छ ।


Views: 77