7th December | 2019 | Saturday | 12:56:52 PM

अनियमितताको अभियोग लागेका त्रिवि सेवा आयोगका पूर्व कर्मचारीले हाम फालेर गरे आत्महत्या

  POSTED ON : श्रावण ३, २०७६ (४:५० PM)

अनियमितताको अभियोग लागेका त्रिवि सेवा आयोगका पूर्व कर्मचारीले हाम फालेर गरे आत्महत्या

काठमाडौं  । त्रिवि उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

उनले बिहीबार त्रिपुरेश्वरको एक ल फर्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट पाण्डेले हाम फालेका हुन् ।

लमजुङ घर भएका पाण्डे मुद्दा लागेपछि तनावमा थिए । उनी कानुनी परामर्शका लागि त्रिपुरेश्वरको एक ल फर्म पुगेका बेला हाम फालेर आत्महत्या गरेका हुन्।

ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन् । पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ ।


Views: 50