7th December | 2019 | Saturday | 8:45:07 PM

कालीमाटी र बल्खुका १९ जना तरकारी तथा फलफूल व्यापारी कारवाहीमा

हिमालय टाइम्स   POSTED ON : श्रावण ३, २०७६ (५:२० PM)

कालीमाटी र बल्खुका १९ जना तरकारी तथा फलफूल व्यापारी कारवाहीमा

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंको कालीमाटी र बल्खुका १९ जना फलफूल तथा तरकारी व्यापारीलाई कारवाही गरेको छ । 

तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै टोलीले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको थियो ।

विभागको टोलीले बल्खुका खरिद बिल देखाउन नसक्ने ११ र कालीमाटीका ८ जना व्यापारीलाई कारवाही गरेको हो । दुई समुह बनाएर बिहानैबाट गरेको अनुगमनका क्रममा खरिद बिल देखाउन नसक्ने व्यापारीलाई कारवाही गरिएको विभागले जनाएको छ । 

अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलो पटक हो । 

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका शाखा अधिकृत दिपक पोखरेलले कारवाहीमा परेका व्यापारीलाई ५ देखि १० हजार रुपैयाँसम्म कारवाही गरेको बताए । 

टोलीले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको थियो ।

सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही थालेको छ  । गत वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारवाही गर्न सकेको थिएन ।   


Views: 121