18th August | 2019 | Sunday | 2:38:27 AM

अस्पताल बाहिरका सटर भत्काउन सामाजिक विकास मन्त्रालयको निर्देशन

चन्द्रकान्त खनाल   POSTED ON : श्रावण २७, २०७६ (१२:४० PM)

अस्पताल बाहिरका सटर भत्काउन सामाजिक विकास मन्त्रालयको निर्देशन

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।

अस्पतालको जग्गामा रहेका ७२ वटा सटरहरु टेण्डर मार्फत भाडामा लगाएको दुई महिनापनि नबित्दै मन्त्रालयले भत्काउन निर्देशन दिएको हो ।

मन्त्रालयबाट निर्देशन आएकाले छिट्टै औपचारिक बैठक बसेर व्यवसायीलाई सूचना दिने अस्पतालका मेडिकल सुपरिटेण्ड डा. कृष्ण खनालले बताए । सटरहरु भत्काएर बाहिरबाट अस्पतालको संरचना प्रष्ट देखिनेगरि होंचो पर्खाल लगाइने पर्खाल भित्र बँगैचा बनाएर आकर्षक बनाउने योजना रहेको खनालले बताए । 

गत फागुन २८ गते टेण्डर आव्हान भएर जेठ २९ गतेदेखि लागु हुने गरि व्यवसायीहरुसँग सम्झौता भएको थियो । भरखर टेण्डर सम्झौता गरेर बसेका व्यवसायीहरुलाई  खाली गराउन भने कठीन देखिन्छ । फार्मेशीका सञ्चालकहरुले भने आधिकारीक  पत्र नआएको बताएका छन पत्र आयो भने सबै व्यवसायी एक भएर अघि बढ्ने ब्यवसायीको भनाइ छ । 

७२ वटा सटरहरुबाट प्रादेशीक अस्पताललाई बार्षिक ८ करोड भन्दा बढी आम्दानी हुन्छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पताललाई सटरबाट हुने आम्दानी मन्त्रालयले नै उपलब्ध गराउने भएकाले अब सटर राखिराख्न आवश्यक नभएको बताए  । ३ महिनाको सुचना दिएर खाली गराउन सकिने व्यवस्था सम्झौतामा नै उल्लेख रहेकाले व्यवसायीलाई हटाउन समस्या नहुने मन्त्री बरालको भनाइ छ । 

मन्त्री बरालले प्रादेशिक अस्पताल विस्तार गर्नको लागि मन्त्रालयले यो निर्णय गरेको बताउँदै अरु पुराना भवनहरु पनि भत्काउने जानकारी दिए । अरु पुराना भवनलाई भत्काएर नयाँ बनाउँछौं । अस्पताललाई विस्तार गछौं’ मन्त्री बरालले भने । पाँच नम्बर प्रदेशकै एकमात्र पुरानो अस्पतालको रुपमा परिचित यो अस्पतालमा दैनिक १ हजार भन्दा  बिरामी आउने गरेको अस्पतालको भनाइ रहेको छ ।


Views: 53

सम्बन्धित सामग्री:

ठगी तथा चोरीमा संलग्न पक्राउ

: श्रावण ३२, २०७६ (६:१८ AM)