10th December | 2019 | Tuesday | 10:20:05 AM

सरकारकै कारण भुकम्प पीडितको काममा समस्या

बद्री नयाँघरे   POSTED ON : श्रावण २७, २०७६ (५:३० PM)

सरकारकै कारण भुकम्प पीडितको काममा समस्या

मन्थली  ट्रान्सपरेन्सी इन्टरनेशल (टि.आइ.) नेपाल का अध्यक्ष एबं पूर्व शिक्षा सचिव खेमराज रेग्मीले बर्तमान सरकारका कारण भुकम्पको काममा समस्या रहेको वताएका छन्  । सरकारको   नीतिगत कमजोरीले भुकम्प पीडितहरु मारमा परेको आरोप लगाए ।  उनले  सरकारले आफैले बनाएको नीतिलाई कार्यान्वयनमा ल्याउन नसकेकै कारण समस्या आएको  पनि बताए ।  

सो कुरा उनले ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले रामेछापको मन्थलीमा आयोजना गरेको भुकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचारका लागि सरोकारवालासँग नीति, प्रगति र चुनौति बिषयक छलफल कार्यक्रमका अबसरमा बताएका हुन् ।  

रेग्मीले सरकारमा मन्त्री एबं शिर्षस्थ नेताहरुले धेरै ठाँउमा गएर नागरिकको मन जित्नका लागि र आफु त्यस ठाऊँमा चर्चित हुनका लागि बिभिन्न कुराहरु बोलिदिने तर त्यसको कार्यान्वयन नगरिदिँदा भुकम्प पछिको पुनः निर्माणमा समस्या भइरहेको बताए । 

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख अतिथ्यता एवं टि.आइ नेपालका अध्यक्ष खेमराज रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले जिल्लाका कुनै पनि सरकारी कार्यालयहरुले नगरपालिकासँग समन्वय गर्ने नगरेको आरोप लगाए ।    

उनले जिल्लामा काम गर्ने सडक डिभिजन कार्यालय, भुकम्पपछि  र  भवन र बिद्यालयको काम गर्ने कार्यालयहरु, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र प्रदेश स्तरका डिभिजन कार्यालयहरु समेतल आफ्नो नगरपालिका सँग समन्वय नगरी मनोमानी   ढंगबाट काम गर्ने गरेको बताए ।

  उनले प्राविधिक कर्मचारीहरुले  झनै अटेर गर्ने गरेको, प्रधानमन्त्री, गृह मन्त्रीले एबं ठुला दलका शिर्षस्थ नेताहरुले भुकम्प भन्दा पछाडि जिल्ला भ्रमणका क्रममा आएर कर्मचारीलाई दिएको निर्देशन र भर्खरै पुनःनिर्माण सँग सम्बन्धित भएको निर्णयलाई कार्यान्वयन नगर्ने गरेकोले भुकम्पसँग सम्बन्धित कुराहरुलाई अब बिट मार्न तिर लाग्नु पर्ने कुरालाई जोड दिए । 

सो अबसरमा बोल्दै जिल्ला समन्वय समितिका  प्रमुख प्रेमबहादुर खड्काले कार्यक्रममा उठेका बिषयबस्तुलाई सबै कर्मचारीहरुले गम्भीरता पुर्बक लिनुपर्ने भन्दै पुनःनिर्माण प्राधिकरणको काम गराई सुस्त गतिमा हुँदा र प्राविधिकहरुले अनियमित काम गर्दा  नागरिकहरुले दुःख पाइरहेकोले त्यस तर्फ सचेत रहनुपर्ने बताए । 

कार्यक्रममा पुनः निर्माण प्राधिकारण जिल्ला अयोजना कार्यालय अन्तर्गत भवन र शिक्षा तर्पmका प्रगति बिबरण प्रस्तुत गरिएको थियो । 

कार्यक्रमका अबसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, पत्रकार बद्री नयाँघरे, गैसस महासंघका अध्यक्ष भुबन श्रेष्ठ, उपाध्यक्ष रत्न कडेल, स्थानीय यम बहादुर थापालगायतले भुकम्प पछिको पुनःनिर्माण मा भएको समस्या र समाधानका उपायहरुका बारेमा सुझाब दिएका थिए ।  

   


Views: 86

सम्बन्धित सामग्री:

गाउँमा बस पुग्दा खुशीयाली

: मंसिर २४, २०७६ (७:४६ AM)