10th December | 2019 | Tuesday | 11:33:00 AM

ट्राफिक कारबाहीबाट ३१ करोड

हिमालय टाइम्स   POSTED ON : श्रावण २८, २०७६ (११:४१ AM)

ट्राफिक कारबाहीबाट  ३१ करोड

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले ट्राफिक कारबाहीबाट २०७५÷७६ मा साढे ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । सडकमा लेन अनुशासन उल्लंघन, मादक पदार्थ सेवन, जभाभावी हर्न, बढी भाडा असुली, जथाभावी सवारी पार्किङलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकबाट महाशाखाले जरिवाना असुल गर्दै आएको छ । 

विभिन्न शीर्षकमा महाशाखाले नियम कडाइ गर्दै आएको भए पनि कारबाहीमा पर्नेको संख्या खासै घट्न सकेको देखिँदैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार चालकहरूको लापरबाही गर्ने प्रवृत्ति घट्न नसक्नु नै राजस्व संकलन बढी हुनुको मुख्य कारण हो । आर्थिक वर्ष ०७४÷७५ मा २९ करोड ३१ लाख ४५ हजार, ०७३÷७४ मा ३५ करोड ६० लाख ६७ हजार,  ०७२÷७३ मा १५ करोड ८२ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । 


Views: 30

सम्बन्धित सामग्री:

गाउँमा बस पुग्दा खुशीयाली

: मंसिर २४, २०७६ (७:४६ AM)