18th August | 2019 | Sunday | 3:04:35 AM

त्रिविमा उप प्राध्यापकको परीक्षा पुनः स्थगित

  POSTED ON : श्रावण २८, २०७६ (१०:१७ AM)

त्रिविमा उप प्राध्यापकको परीक्षा पुनः स्थगित

काठमाडौं  । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गर्न लागेको उप प्राध्यापक पदको परीक्षा आवश्यक तयारी नपुगेको कारण देखाउदै पुनः स्थगित भएको छ । 

परीक्षा यसअघि पनि स्थगित भएको थियो । भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षाको मिति तोकिएको थियो । तर, अर्को सूचना नभएसम्मका लागि भन्दै परीक्षा स्थगित भएको छ ।

 विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि परीक्षा हुन लागेको थियो। 

परीक्षाको अर्को मिति पछि तोकिने त्रिविले जनाएको छ।


Views: 41

सम्बन्धित सामग्री:

ठगी तथा चोरीमा संलग्न पक्राउ

: श्रावण ३२, २०७६ (६:१८ AM)