22nd November | 2019 | Friday | 4:50:37 PM

पोखरा न्युरोडको फर्निचर उद्योगमा भीषण आगलागी

  POSTED ON : श्रावण २८, २०७६ (५:३५ PM)

पोखरा न्युरोडको फर्निचर उद्योगमा भीषण आगलागी

पोखरा । पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । 

दिउँसो साढे चार बजेको समयमा सुरु भएको आगलागी अझैं पनि नियन्त्रणमा आएको छैन ।

आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । प्रहरी र महानगरपालिकाको तीन वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको खवर छ । 

 आगलागीबाट के–कति क्षति भयो विषयमा केही विवरण आएको छैन ।

 थप विवरण आउन बाँकी छ ।


Views: 90