15th September | 2019 | Sunday | 8:01:34 PM

प्रदेश प्रहरी प्रविधीतर्फ

पुरन साह   POSTED ON : भदौ ४, २०७६ (७:२४ PM)

प्रदेश प्रहरी प्रविधीतर्फ

जनकपुरधाम । प्रहरी प्रशासन अझै समेत प्रदेश सरकारको अधिनमा नआएको र अटेरी गरिरहेको आरोप लगाउने प्रदेश २ सरकार त्यै प्रहरीलाई भने प्रविधी मैत्री बनाउन केन्द्रित छ । गत आर्थिक वर्षमा प्रहरीलाई विभिन्न उपकरण सहित प्रविधि र पुर्वाधारयुतm बनाउन भन्दै प्रदेश सरकारले करिव १६ करोड लगानी गरेको छ । 

प्रदेश २ सरकारका मुख्यमन्त्री देखि मन्त्रीहरु समेत प्रहरी प्रशासनले आफुहरुलाई नटेरेको गुनासो दैनिक जसो सुन्नमा आउँछ । प्रहरी प्रशासन आफनो अधिनमा नभए सम्म प्रदेश चलाउन नसकिने पनि उनीहरुकै तर्क हुन्छ । एकातिर प्रहरी प्रशासन प्रति असन्तुष्टी व्यतm गर्ने सरकार प्रदेश प्रहरीलाई प्रविधियुतm बनाउन केन्द्रित समेत देखिएको छ । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन परम्परागत ढाँचा छाडेर आधुनिक हुन जरुरी रहेकाले प्रहरीलाई प्रविधीमैत्ती बनाउनको विकल्प नरहेको बताउछन् । मुख्यमन्त्री राउतले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रदेश सरकार जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । यद्यपि उनले कसैको प्रभाव काम नर्गन प्रहरीलाई सुझाव दिएका छन् । 

प्रदेश सरकारवाट उपलब्ध बजेटको खर्च विवरण जानकारी तथा समाग्री निरिक्षण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुमन कार्कीले केहि कुरा बाहेक देश संघिय संरचनामा गइसकेपछि प्रदेश प्रहरी केन्द्रको अधिनमा अब नरहने बताउदै प्रदेशका प्रहरीको विकासका लागि प्रदेश सरकारलाई नै गुहारने बताए । नेपाली प्रहरी सवै भन्दा पहिला संघिय संरचना अनुसार संगठन विस्तार गरेको बताउदै प्रमुख कार्कीले शंका नगर्न आग्रह गरे । आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न उपकरण र पुर्वाधार विकासका लागि प्रदेश सरकारले १५ करोड ७८ लाख रकम बिनियोजन भएकोमा प्रदेश प्रहरीले ९ करोड ५४ लाख मात्र खर्च गर्न सक्यो । वाँकी ६ करोड २३ लाख रुपैया फ्रिज भएको छ । 

खर्च गरिएको रकममा प्रहरीले आधुनिक अनुसन्धान मुलक ड्रोन क्यामेरा, वाक थ्रु गेट ३ थान, कमप्युटर ५० थान, पिकअप भ्यान २ थान, भिडियो कन्फ्रेन्स डिभाइस सहितका उपकरणहरु किनिएको छ भने ११ स्थानमा प्रहरी युनिटको भवन निर्माण कार्य भइरहेको छ । प्रदेश सरकारले प्रदेश प्रहरीले किनेको उपकरणहरु र गरेको काम र खर्चको निरिक्षण समेत गरेको छ । चालु आर्थिक वर्षमा समेत करिव २० करोड रुपैया प्रदेश प्रहरीका लागि बिनियोजन गर्ने प्रदेश सरकारको योजना छ । यसरी हेर्दा प्रदेश सरकार र प्रदेश प्रहरीको सम्बन्ध समन्वयात्मक हुदै गएको छ । 


Views: 78