19th October | 2019 | Saturday | 9:13:26 PM

कार्कीको बयान सकियो, लामिछानेसहित तीनै जनालाई पठाइयो न्यायिक हिरासत

  POSTED ON : भदौ ८, २०७६ (५:३८ PM)

कार्कीको बयान सकियो, लामिछानेसहित तीनै जनालाई पठाइयो न्यायिक हिरासत

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत तीन जनालाई आज पनि जिल्ला अदालत चितवनले हिरासतमै पठाएको छ ।

तीन जना मध्ये दुईजनाको बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको हो । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की्विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।

अब अदालतमा प्रतिवादी तीनजना मध्ये दुई जनाको बयान लिन बाँकी रहेको जानकारी गराइएको छ ।

 अस्मिता कार्कीको बयान सकिएको बताइएको छ भने प्रस्तोता लामिछाने र सञ्चारकर्मी कँडेलको बयान भने सोमबार हुने पक्का भएको छ । बयानपछि भोलि नै थुनछेक बहस हुने सम्भावना रहेको छ । त्यसपछि मात्र अदालतले धरौटीमा रिहा, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने (तीन) मध्ये कुनै एक आदेश दिन सक्नेछ ।

न्यायाधीश हेमन्त रावलको इजालशमा मुद्दा पेश भएको छ । 


Views: 121