15th September | 2019 | Sunday | 7:53:06 PM

ब्लुबुक नवीकरणको जरिमाना घट्यो

  POSTED ON : भदौ २५, २०७६ (५:२२ PM)

ब्लुबुक नवीकरणको जरिमाना घट्यो

हेटौडा ।  प्रदेश नम्बर ३ सरकारले यातायातसम्बन्धी व्यवस्था गर्न बनाएको ऐन संशोधन गरेको छ । 

संसोधित ऐनमा प्रदेश सरकारले सवारीसाधन नवीकरण गर्दा लाग्ने जरिमाना घटाएको छ ।

सरकारले पहिले तय गरेको शतप्रतिशतसम्मको जरिमानालाई घटाएर ३२ प्रतिशतमात्र तिर्नुपर्ने बनाएको छ । 

प्रदेश सभाले ऐन संशोधन गरी प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुखको कार्यालयले विधेयक प्रमाणिकरण गरेपछि ऐन राजपत्रमा प्रकाशित भएको हो ।



Views: 45