15th September | 2019 | Sunday | 7:54:33 PM

इन्द्रजात्रा सञ्चालनलाई ५ करोडको छुट्याएकोमा खुशी व्यक्त

  POSTED ON : भदौ २५, २०७६ (५:४५ PM)

इन्द्रजात्रा सञ्चालनलाई ५ करोडको छुट्याएकोमा खुशी व्यक्त

काठमाडौं  । सरकारले इन्द्रजात्रा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न ५ करोड रुपैयाँ छुट्याएको छ । सरकारले नेवार समुदायको पर्वहरुको संरक्षण तथा सम्वद्र्धनमा अक्षयकोष स्थापना गरेको भन्दै काठमाडौंबाट निर्वाचित सांसदहरुले खुशी व्यक्त गरेका छन् ।

काठमाडौंबाट निर्वाचन ३ जना प्रतिनिधिसभा सदस्यले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै इन्द्रजात्राका लागि सरकारले ५ करोड रुपैयाँ छुट्याएको जानकारी दिएका छन् ।


सांसदहरू काठमाडौं ७ का रामवीर मानन्धर, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र काठमाडौं ९ का कृष्णगोपाल श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै इन्द्रजात्राका लागि रकम छुट्याएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

नेवार समुदायको जात्रा पर्व संस्कृतिमध्ये महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा लगायत उपत्यकामा सञ्चालित पर्वहरूको संरक्षण र सम्वद्र्धन गर्न भन्दै नेपाल सरकारको भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकबाट इन्द्रजात्रा सञ्चालनका लागि ५ करोड ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ राख्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।




Views: 67