15th September | 2019 | Sunday | 8:20:13 PM

बालिका चौलानी किनारमा मृत फेला

कृष्ण बिष्ट   POSTED ON : भदौ २६, २०७६ (४:१६ PM)

बालिका चौलानी किनारमा मृत फेला

बैतडी । बैतडीमा मंगलबार नुहाउने क्रममा बेपत्ता भएकि १० वर्षीय बालिका मृत फेला परेकी छिन् । डिलाशैनी गाउपाँलिका वडा नं २ की कमल घरेडीकी १० वर्षीय छोरी सोवी कुमारी घरेडी वडा नं ३ स्थित चौलानी नदी किनार  छेपट्टामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मंगलबार घर नजिककैको गन्नी गाडमा साथीहरु सँगै नुहाउने क्रममा बालिका घरेडी गन्नी गाडमा बगेर बेपत्ता भएकी थिइन । प्रहरी चौकी सिमार र स्थानीयहरुको सहयोगमा बुधबार साँझ मृत अवस्थामा घरेडीको सव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए । 


Views: 38