15th September | 2019 | Sunday | 8:41:01 PM

घुस रकमसहित न्यायाधीशका सवारी चालक पक्राउ

हिमालय टाइम्स   POSTED ON : भदौ २६, २०७६ (५:३८ PM)

घुस रकमसहित न्यायाधीशका सवारी चालक पक्राउ

सिरहा  । घुस रकमसहित एक न्यायाधीशका सवारी चालक पक्राउ परेका छन् ।

 जिल्ला अदालत सिरहाका न्यायाधीश नरनारायण पौडेलका सवारी चालक वृजमोहन यादवलाई अख्तियार दुरुपयो अनुसन्धान आयोगका टोलीले आज पक्राउ गरेको हो ।

 सवारीचालक वृजमोहन यादवलाई एक लाख १० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।

आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटेलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।


Views: 48