19th November | 2019 | Tuesday | 2:25:33 PM

गढीमाई मेला सभ्य र भव्यरुपमा लगाउन वक्ताहरुको जोड

संजीव कुमार मिश्रा   POSTED ON : कार्तिक ४, २०७६ (६:१८ PM)

गढीमाई मेला सभ्य र भव्यरुपमा लगाउन वक्ताहरुको जोड

बारा ।  बाराको बरियारपुर स्थित बलिमा विश्व प्रसिद्ध गढीमाई मेला भव्य र सभ्य रुपमा लगाउन वक्ताहरुले जोड दिएका छन् । 

बाराको गढीमाई पञ्च बर्षिय मेला लगाउन स्थानीय सरकारलाई संविधानले अधिकार दिएकोले सभ्य भब्य बनाउन बाराका स्थानीय तहका जनप्रतिनिधिहरुले जोड दिएका हुन् । 

महागढीमाई नगरपलिका बरियारपुरले सोमबार आयोजना गरेको शुभ दिपावली एवं छ्ठ पर्बको शुभकामना अदानप्रदान तथा गढीमाई पञ्च बर्षिय मेला सम्बन्धमा राय सुझाव कार्यक्रममा सहभागी बाराका जनप्रतिनिधिहरुले यस्तोे सुझाव दिएका हुन । 

मुलुकमा संविधान कार्यान्वयन भई तिन तहको सरकारको समेत निर्माण भईसकेकोले एउटा संस्था स्थानीय सरकार भन्दा माथि हुन नसक्ने बताउंदै कार्यक्रमका सहभागीहरुले प्रदेश नम्बर २ का केही नेताहरुले गढीमाई मेलालाई भांडभैलो गर्न खोजेकोले त्यसबाट सचेत हुन वक्ताहरुले आग्रह गरे । 

मुलुकमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको निर्माण भइसकेकोले केही नेताहरुले गढीमाई सञ्चालन तथा विकास समितिलाई मलजल गरेकोले त्यसबाट सजग हुन पनि समितिलाई जनप्रतिनिधिहरुले सुझाव दिए । 

कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले संविधानले दिएको अधिकार कार्यन्वयन गर्दा केही दलका नेताहरुले मेलालाई नै भांडभैलो गर्न खोजेको बताए । 

उनले मेला मुल व्यवस्थापन समितिमा बाराका १६ स्थानीय तहका प्रमुखहरु रहेकोले आ–आफनो क्षेत्रबाट मेलामा सहयोग गर्न आग्रह गरे । 

गढीमाइ मेला नगर तथा जिल्लाको मात्रै नभएर मुलुकको गरिमा बोकेकाले मेलामा शान्त तरिकाले लगाउन जिल्लाका सबै स्थानिय तहको कान्धमा आएको सहभागीहरुले जोड दिए । 

स्थानीय सरकार सञ्चालन ऐनमा मेला, मठ मन्दिर सम्बन्धि प्रष्ट अधिकार रहेकोले महागढीमाई नगरपालिकाले गढीमाई मेला लगाई दर्शनार्थीहरुको बास स्थान, खानपिन, सुरक्षामा कमी नराख्न आर्दशकोतवाल गांउपालिकाका अध्यक्ष मुस्तुफा अंसारीले सुझाव दिए । 

गढिमाइ मेला नगर तथा जिल्लाको मात्रै नभएर मुलुकको गरिमा बोकेकाले मेलालाई शान्तिपुर्ण रुपमा  आयोजना गर्ने सबैको दायित्व भएको नगर प्रमुख यादवले बताए । 

उनले गढीमाई मन्दिर सञ्चालन तथा बिकास समिति ट्रष्ट नभई गैर सरकारी सस्था रहेको बताए ।

उनले गैरसरकारी संस्थालाई बाटोघाटो बनाउने, कर संकलन गर्ने अधिकार नरहेको जानकारी गराए । 

उतm कार्यक्रममा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले मुलुकमा कानुन रहेको भन्दै समन्वय गरी मेला नलगाईए एक्सनमा जाने बताए । 

उनले गढीमाई मन्दिर सञ्चालन तथा बिकास समिति र महागढीमाई नगरपालिका मिलेर अगाडी बढनुपर्ने बताए । 

उनले गढीमाई मेला बारा जिल्लाको गौरव रहेको बताए । गढीमाई मेलामा ठुलो संख्यामा भक्तजनहरु आउने गरेको जानकारी गराए । उनले जिल्लाको सबै स्थानीय तहले मेलालाई सहयोग गर्नुपर्ने बताए । उतm कार्यक्रममा बोल्दै नेपाल परिवार दलका रामचन्द्र चौधरीले गढीमाई मेला कस्को मातहतमा हुनु पर्ने प्रष्ट गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टी बाराका अध्यक्ष मुतिm यादवले गढीमाई मेलालाई मिलेर लगाउनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै समाजवादी पार्टीका कमलेश मण्डलले गढीमाई मेलालाई भब्य र सभ्य बनाउन सुरक्षा ब्यवस्था कडा बनाउनु पर्ने बताए ।  

कार्यक्रममा बोल्दै नेकपाका राकेश यादवले संविधानले दिएको अधिकार प्रयोग गर्नुपर्ने बताए । 

उनले स्थानीय सरकार र गढीमाई मन्दिर सञ्चालन तथा बिकास समिति मिल्नुपर्नेमा सुझाव दिएका थिए । 

उतm कार्यक्रममा बोल्दै आदर्श कोतवाल गांउपालिकाका अध्यक्ष मुस्तुफा अंसारी स्थानीय सरकार सञ्चालन ऐनमा मेला, मठ मन्दिर लगायत सम्बन्धि प्रष्ट अधिकार रहेकोले महागढीमाई नगरपालिकाले गढीमाई मेला लगाउनुपर्नेमा जोड दिए । 

उनले  दर्शनार्थीहरुको बास स्थान, खानपिन, सुरक्षामा अलिकति पनि कमी नराख्न महागढीमाई नगरपालिका संग आग्रह गरे । 

उनले गढीमाई मन्दिर सञ्चालन तथा बिकास समिति स्थानीय सरकारको अधिनमा रहेको बताए । उनले गढीमाई मेलामा गांउपालिकाकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । 

कार्यक्रममा बोल्दै पचरौता नगरपालिकाका नगरप्रमुख रमेश यादवले गढीमाई मेलालाई महामेलाको नाम दिनु पर्ने बताए । 

उनले गढीमाई मेला ब्यवस्थापनमा बिबाद गर्न नहुनेमा जोड दिए । 

उतm कार्यक्रममा परवानीपुर गांउपालिकाका अध्यक्ष हरिनारायण साह, कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादव, देवताल गाउपालिका प्रमुख चन्दन सिंह, प्रसौनी गाउपालिका प्रमुख भोला साह,  विश्रामपुर गाउपालिक प्रमुख अमिरिलाल पाल, महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देवी कानु, नेपाली काग्रेस बाराका सभापति जयचन्द्र चौरसिया  लगायतले संविधानले दिएको अधिकारलाई कार्यन्वयन गर्दै आपसी समझदारीमा मेलालाई व्यवस्थित, मर्यादित, खानेपानी, शौचालय, स्वास्थ्यको लागि आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

कार्यक्रममा बाराका प्रहरी उपरीक्षक बिकासराज खनाल, चन्दन नाथ गणका गणपती पारस बिक्रम साह, राष्ट्रिय अनुसन्धानका प्रमुख बिमल घिमिरे, नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डेय,महिला अधिकारकर्मी बबिता जयसवाल लगायतको सहभागिता रहेको थियो ।महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा भएको उतm कार्यक्रममा सञ्चालन  कर्मचारी रामबिश्वास चौरसियाको रहेको थियो । 


Views: 126