8th December | 2019 | Sunday | 8:23:49 AM

खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

  POSTED ON : मंसिर ३, २०७६ (११:३० AM)

खैजेडी भजन लोप भएपछि संरक्षण गर्न तालीम

सिन्धुली । यहाँको मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुन थालेपछि युवालाई तालीम दिएको छ । संस्कृतिलाई जोगाउन कमलामाई नगरपालिकाले जिल्लामा पहिलोपटक युवालाई छनोट गरेर तालीम दिएको हो ।

सोमबारबाट शुरु भएको तालीम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ । सिन्धुलीमा पहिलोपटक लोपोन्मुख खैजेडी भजनको संरक्षण गर्नका लागि तालीम शुरु गर्ने कमलामाई नगरपालिकालाई धन्यवाद दिँदै प्रदेशसभा सदस्य विनोद खड्काले हराउन लागेका परम्परागत संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कमलामाई नगरपालिका–४ को आर्थिक सहयोगमा सिन्धुली कलाघरको आयोजनामा खैजेडी भजन तालीम शुरु गरिएको हो । धार्मिक कार्यमा गाइने खैजेडी भजन लोकप्रिय भएको अग्रजहरुले बताउँदै लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै आएका थिए ।

 निकै प्रचलित खैजेडी भजन  पछिल्लो समय लोप हँुदै गएको छ । हिन्दू धर्ममा निकै प्रचलित खैजेडीको तालमा रातभरि नाचिने भजन केही समययता गाउँघरमा अपवादको रुपमा देख्न पाइन्छ । युवा पुस्तामा विकसित पश्चिमा संस्कृतिको आर्कषण र प्रविधिले गर्दा लोप हुँदै गएको हो ।

सिन्धुली जिल्लामा प्रचलित खैजेडी भजन तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्धका बेलादेखि विस्तारै लोप हँुदै गएको र पछिल्लो समयमा यसको संरक्षण गर्न समेत नसकिएको कमलामाई नगरपालिका–३ का खैजेडी भजनका प्रशिक्षकसमेत रहका पोष्टराज गौतमले बताए । युवाको पुरानो संस्कृतिमा आर्कषण बढ्नुभन्दा पनि पश्चिमा संस्कृतिको मोहले पुराना रीतिरिवाज हराउँदै गएको अवस्थामा यस्तो तालीमले संस्कृतिसँगै नेपाली पहिचानको समेत जगेर्ना हुने उनको भनाइ छ । तालीममा २५ जनाभन्दा बढी युवाको सहभागिता रहेको छ । रासस

File Photo


Views: 84

सम्बन्धित सामग्री:

अटो पल्टिँदा पाँच जनाको मृत्यु

: मंसिर २२, २०७६ (७:०७ AM)

आज श्रीमद्भागवत् गीता जयन्ती

: मंसिर २२, २०७६ (७:०४ AM)